काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोले पु¥याएको क्षतिबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ ।
बाढी र पहिरोले देशभर पु¥याएको जनधनको क्षति र राहत तथा उद्धारका लागि आवश्यक निर्णय गर्न मनित्रपरिषद् बैठक बस्न लागेको हो ।
बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार मन्त्रिपरिषद् बैठक अगाडि विपद् प्राधिकरणको बैठक बस्ने छ । प्रधानमन्त्री अध्यक्ष रहेको प्राधिकरणको बैठक दिउँसो १ बजे सिंहदरबार मै बस्ने सचिवालयले जानकारी दिएको छ ।
‘दिउँसो १ बजे विपद् प्राधिरकणको बैठक बस्दै छ । त्यसपछि मन्त्रिपरिषद् बैठक बस्ने हो,’ सचिवालयले भन्यो, ‘बाढी–पहिरोले पु¥याएको क्षतिलगायतबारे केही निर्णय हुन्छ होला ।’