आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

किसानलाई क्षतिपूर्ति दिन राष्ट्रपतिको आग्रह


  • 883
    SHARES
  • https://indrenipost.com/posts/1318
    कात्तिक ४, २०७८ बिहीबार
    किसानलाई क्षतिपूर्ति दिन राष्ट्रपतिको आग्रह

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत र क्षतिपूर्ति दिन आग्रह गरेकी छन् । बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले नष्ट भएको धानबाली र विभिन्न भौतिक पूर्वाधारको राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा समन्वय गर्न आग्रह गरेकी हुन् ।

    प्रकोपबाट कृषिक्षेत्र खासगरी धान बाली र विविध भौतिक पूर्वाधारको विनाशको सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्वयात्मक रुपमा अघि बढ्न आग्रह गर्नुभएको छ, राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    यस्तै राष्ट्रपति भण्डारीले सम्‍पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था र समुदायलाई आवश्‍यक समन्वय र सहकार्यसहित पीडितहरुको उद्धार तथा राहत कार्यमा संलग्न हुन आग्रह गरेकी छिन् । राष्ट्रपति भण्डारीले भविष्यमा आइपर्ने प्राकृतिक प्रकोपबाट जोगिन नागरिकलाई सचेत हुन आग्रह पनि गरेकी छन् ।

    हेर्नुहोस्, राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति]

    rastrapati-office-release.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij