आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

इजलास

आलमको मुद्दामा भएन सुनुवाइ


  • 595
    SHARES
  • https://indrenipost.com/posts/1328
    कात्तिक ५, २०७८ शुक्रबार
    आलमको मुद्दामा भएन सुनुवाइ

    काठमाडौं । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता मोहम्मद आफताव आलमको मुद्दामाथि शुक्रबार पनि सर्वोच्च अदालतमा सुनुवाइ भएन । सर्वोच्च अदालतमा उक्त मुद्दामाथि सुनुवाइका लागि शुक्रबार पेसी तोकिए पनि महान्यायाधिवक्ताको कार्यालयले माग गरेबमोजिम सुनुवाइ स्थगित भएको छ ।

    विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेत गरेको सम्बन्धी मुद्दाका सम्बन्धमा हिरासतमा रहेका आलमले जमानतमा रिहाइका लागि माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

    शुक्रबार न्यायाधीशद्वय डा। आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिट निवेदनको सुनुवाइ हुने गरी पेसी तोकिएको थियो । यसअघि पनि आलमको मुद्दामा पटक पटक पेसी तोकिएको थियो । यद्यपि उक्त रिट निवेदनमा विभिन्न कारणले सुनुवाइ स्थगित हुँदै आएको छ ।

    आलम रौतहटबाट निर्वाचित सांसद हुन् । उनी २०७६ असोज २६ मा पक्राउ परेका हुन् । जिल्ला अदालत र उच्च अदालतले उनलाई हिरासतमै राखेर मुद्दा प्रक्रिया अघि बढाउन आदेश दिएको छ । तल्लो अदालतको सो आदेशविरुद्ध आलमले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij