आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

राहत प्याकेज

कर्णाली प्रदेश सरकारले बाढी पहिरोमा परी मृत्यु भएकाको परिवारलाई २ लाख दिने


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/1333
    कात्तिक ५, २०७८ शुक्रबार
    कर्णाली प्रदेश सरकारले बाढी पहिरोमा परी मृत्यु भएकाको परिवारलाई २ लाख दिने

    सुर्खेत । कर्णाली प्रदेश सरकारले बाढी पहिरोमा परी घाइते भएकाहरुलाई  निःशुल्क उपचार गरिदिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । 

    कर्णालीमा गत आइतबारदेखिको निरन्तर वर्षाका कारण ८ जनाको ज्यान गएको छ  भने केही घाइते समेत भएका छन् । साथै बाढी पहिरो लगायतको विपदमा परी निधन भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले गरेको सामूहिक विपद दुर्घटना वीमाबाट प्राप्त हुने २ लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय पनि गरेको छ ।  

    विपदका कारण अवरुद्ध भएका सडक, पुल, खानेपानी, सिञ्चाई र विद्युत पूर्वाधारको मर्मतसम्भार गरी तत्काल सुचारु गर्न मुख्यमन्त्री शाहीले निर्देशन समेत गरेका छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij