आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

एमाले अध्यक्ष ओलीद्वारा ६ हजार बढी वडाका वडा अधिवेशन एकसाथ उद्घाटन


  • 748
    SHARES
  • https://indrenipost.com/posts/1352
    कात्तिक ६, २०७८ शनिबार
    एमाले अध्यक्ष ओलीद्वारा ६ हजार बढी वडाका वडा अधिवेशन एकसाथ उद्घाटन

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट पार्टीका ६ हजार भन्दा बढी वडाका वडा अधिवेशन एकसाथ उद्घाटन गरेको घोषणा गरेका छन् ।

    पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आयोजना गरिएको भर्चुअल कार्यक्रममा ओलीले अधिवेशन उद्घाटन भएको घोषणा गर्दै सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आह्वान गरेका छन् ।

    पार्टीका आधारभूत संगठन भनेकै वडा र शाखा संगठनको अधिवेशन भएको भन्दै उनले यति धेरैवटा वडा अधिवेशन उद्घाटन गर्नु सहज नभएको भन्दै पार्टीका नेता कार्यकर्तालाई धन्यवाद दिए । 

    कार्यक्रममा सुरेन्द्र पाण्डे र प्रदीप ज्ञवालीलाई दायाँ बाँया राखेर उद्घाटन मन्तव्य दिइरहेका ओलीसँग विगतमा नजिकै बस्ने रामबहादुर थापा ‘बादल’ र उपाध्यक्ष भीम रावललगायतका नेता भने देखिएका छैनन् । सुरेन्द्र पाण्डेलगायतका नेता भने मञ्चमा उपस्थित छन् ।

    पार्टी प्रवक्ता योगेश भट्टराई विरामी परेर अस्पताल भर्ना भएका कारण कार्यक्रमको संचालन भने नेता प्रदीप ज्ञवालीले गरिरहेका छन् । 
     

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • # केपी शर्मा ओली
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij