काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशभरका ६ हजार भन्दा धेरै वडामा शनिबार एक साथ वडा अधिवेशन सुरु गरेको छ ।
थापाथली हाइटस्थित केन्द्रीय कार्यालयको एक्सन रुममा शनिबार आयोजित एक कार्यक्रमबीच पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रुपमा सबै वडाको अधिवेशन उद्घाटन गरेका छन् ।
मंसिर १०(१२ सम्म चितवनमा हुने दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार वडा अधिवेशन गरिएको हो । एमाले स्थायी कमिटी सदस्य विष्णु रिमालका अनुसार शनिबार देशका ६ हजार ७४३ वडामा अधिवेशन भइरहेको छ ।
प्राकृतिक प्रकोप भएका केही केही वडामा भने अधिवेशन केही समयपछि हुनेछ । ओलीले ती वडामा पनि चाँडै अधिवेशन सक्न भर्चुअल सम्बोधनका क्रममा निर्देशन दिए ।
एमाले आगामी ९ कात्तिकमा देशभरका ७५३ पालिकाहरुको अधिवेशन पनि एकसाथ गर्दैछ ।