काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २७ मा भएको दश बुँदे कार्यान्वयन कार्यदलबाट भीम रावलले राजीनामा दिएको विषय ठूलो नभएको बताएका छन् ।
देशभरका वडा अधिवेशनलाई शनिबार भर्चुअल माध्यमबाट सम्बोधन गरेर केन्द्रीय कार्यालय थापाथली हाइटबाट बाहिरिँदै उनले यस्तो बताएका हुन् ।
उपाध्यक्ष रावलको राजीनाबारे सञ्चारकर्मीले ओलीसँग जिज्ञासा राखेका थिए ।
उहाँले राजीनामा के को गर्नुभयो ? के संयोजन गर्न सकिनँ भन्नुभयो, सहजीकरणको संयोजक हुनुहुन्थ्योु, उनले भने, ुमैले गरेर भएन भन्नुभयो, त्यो त्यत्रो ठूलो कुरा पनि होइन, त्यो लिखित पनि होइन, स्वीकार्य पनि होइन र अस्वीकार्य पनि होइन, केही पनि होइन ।
ओलीले त्यसक्रममा १० बुँदे कार्यान्वयन भइसकेकाले अब विवादको विषय नै नरहेको बताएका छन् । एमाले अब महाधिवेशनमा गइसकेकाले अब सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने पनि बताएका छन् ।