सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

एमाले वडा अधिवेशन : देशभर सर्वसम्मत नेतृत्व चयन


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/1362
    कात्तिक ७, २०७८ आइतबार
    एमाले वडा अधिवेशन : देशभर सर्वसम्मत नेतृत्व चयन

    काठमाडौं । आफ्नो दसौं महाधिवेशनअन्तर्गत नेकपा (एमाले)ले शनिबार देशभर एकसाथ वडा अधिवेशन सम्पन्न गरेको छ । 

    एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले देशभरबाट आज (आइतबार) बिहानसम्म प्राप्त रिपोर्टअनुसार ६ हजारवटा भन्दा बढी अधिवेशन सम्पन्न भएको जानकारी दिए । 

    तर ठ्याक्कै संख्या भने आज दिनभरमा निश्चित गरिने उनले बताए ।  ‘जे होस् अहिलेसम्मको रिपोर्टले ६ हजारभन्दा माथि नै वडा अधिवेशन सम्पन्न भएको देखाएका छन्’, उनले भने । 

    यस्तै अहिलेसम्म सम्पन्न सबै वडा अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन भएको जानकारी पनि कार्यालय सचिव तामाङले दिए ।
    ‘कतै निर्वाचन भएको रिपोर्ट आएको छैन, सबैमा सर्वसम्मत नै भएको जानकारी पाएका छौं’, उनले भने । 

    देशभर ६ हजार ७ सय ४३ वडा छन्। 

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij