काठमाडौं । दसौं राष्ट्रिय महाधिवेशनअन्तर्गत नेकपा एमालेले आज (मंगलबार) देशभर पालिका (गाउँरनगर) अधिवेशन गर्दै छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आज एकसाथ देशभरका स्थानीय तहमा अधिवेशन गरिने भएको हो । अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिउँसो १ बजे माइतिघरस्थित पार्टी केन्द्रीय कार्यालयबाट पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ ।
यसअघि शनिबार एमालेले देशभर एकसाथ वडा अधिवेशन सम्पन्न गरेको छ । बेमौसमी वर्षाका कारण बाढी र पहिरोले गर्दा केही वडामा भने अधिवेशन गर्न बाँकी छ । तिनमा क्रमशस् यही कात्तिक १५ गतेभित्र वडा अधिवेशन सम्पन्न गरिने कार्यालय सचिव तामाङले जानकारी दिएका छन् ।