काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन असार २८ गते परमादेश जारी गर्ने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् ।
देशका ७ सय ५३ पालिकामा मंगलबार सुरु एमालेको अधिवेशनलाई केन्द्रीय कार्यालय थापाथलीबाट सम्बोधनका क्रममा ओलीले यस्तो बताएका हुन् ।
सर्वोच्च अदालतमा तमासा देखिएको छ । श्रीमान् न्यायाधीशहरु कसले के के गरेका थिए ? अहिले आफैँ उधिन्न थालेका छन ओलीले भने, सर्वोच्च अदालतका पाँचैजना न्यायाधीशले परमादेश गरेका थिए भने एकजना (प्रधानन्यायाधीश)को मात्रै किन राजीनामा माग्नु हुन्छ श्रीमानहरूरु पाँचै जनाले राजीनामा दिनु उपयुक्त हुन्छ ।