सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

१० औँ महाधिवेशन सरगर्मी

एकै दिन ६ सय पालिकामा एमालेको अधिवेशन


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/1447
    कात्तिक १०, २०७८ बुधबार
    एकै दिन ६ सय पालिकामा एमालेको अधिवेशन

    काठमाडौं । करिब ६ हजार वडामा अधिवेशन गरेको तीन दिनपछि मंगलबार एमालेले पालिका अधिवेशन सुरु गरेको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार मंगलबार करिब ६ सय पालिकामा अधिवेशनको प्रक्रिया सुरु भएको छ । तीमध्ये केही ठाउँमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट देशैभरका पालिका अधिवेशनको भर्चुअल उद्घाटन गरेका थिए । त्यस क्रममा उनले उन्नतस्तरको समझदारीका साथ अधिवेशन हुने विश्वास व्यक्त गरेका थिए । कार्यालय सचिव तामाङले बाढीबाट प्रभावित करिब डेढ सय पालिकामा अधिवेशन हुन नसकेको जानकारी दिए ।

    अधिवेशन हुन नसकेका वडा र पालिकामा छिट्टै अधिवेशन हुने उनले बताए । ‘मंगलबार साँझसम्मको रिपोर्टअनुसार करिब एक सय पालिकाले नेतृत्व सर्वसम्मत चयन गरेको छ । केही ठाउँमा सर्वसम्मत गराउने प्रयास भइरहेको छ । अन्यमा मतदान नै हुने भएको छ ।’

    एमालेको विधानअनुसार महानगरमा १ सय १ सदस्यीय, उपमहानगरमा ८५ सदस्यीय तथा गाउपालिका र नगरपालिकामा ७५ सदस्यीय कमिटी रहनेछन् । एमालेले मंसिर १०–१२ मा चितवनमा १० औं महाधिवेशन गर्ने निर्णय गरेको छ ।

    एमालेले महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न २०७७ चैत मसान्तसम्म संगठित सदस्य बनेका र नवीकरण गरेका सदस्यहरू योग्य रहने मापदण्ड बनाएको छ । प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्नेलगायतका विषयमा छलफल गर्न कात्तिक ११ मा स्थायी कमिटी र कात्तिक १२ मा केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij