सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

१० औँ महाधिवेशन सरगर्मी

एमाले स्थायी कमिटी बैठक बस्दै, यी एजेण्डामा छलफल हुने


  • 2.0K
    SHARES
  • https://indrenipost.com/posts/1470
    कात्तिक ११, २०७८ बिहीबार
    एमाले स्थायी कमिटी बैठक बस्दै, यी एजेण्डामा छलफल हुने

    काठमाडौं । नेकपा (एमाले)ले स्थायी कमिटी बैठक आह्वान गरेको छ । बैठक आज अपराह्न ४ बजेका लागि च्यासलस्थित तुल्सीलाल स्मृति प्रस्तिष्ठानमा बस्न लागेको हो । 

    बैठकका लागि दुईवटा एजेण्डा तय भएको छ । बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ र समीक्षा हुने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

    एमालेको ६ हजारभन्दा वडा र ६ सयभन्दा धेरै पालिकामा अधिवेशन गरिसकेको छ । अधिकांश स्थानमा अधिवेशन सर्वसम्मत भएको छ । बाँकी रहेका वडा र पालिकाको अधिवेशन कार्तिकभित्र सक्ने नेताहरुले बताएका छन् ।

    बैठकमा राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिकाको विषयमा पनि छलफल हुने सचिव तामाङले जानकारी दिए । दशौं राष्ट्रिय महाधिवेशन मंसिर १०–१२ गतेसम्म चितवनमा हुनेछ । उक्त महाधिवेशनका लागि प्रतिनधिका विषयमा एमालेले छलफल गर्न लागेको  हो । 

    सोही मापदण्ड निर्धारण गर्न यसअघि बसेको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक आह्वान गरिसकेको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij