आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

नयाँ सरकार गठनको तयारी

बागमती प्रदेशमा मुख्यमन्त्रीसहित चार जनाले आज शपथ लिने तयारी, को–को बन्दैछन् मन्त्री ? (नामसहित)


  • 2.4K
    SHARES
  • https://indrenipost.com/posts/1471
    कात्तिक ११, २०७८ बिहीबार
    बागमती प्रदेशमा मुख्यमन्त्रीसहित चार जनाले आज शपथ लिने तयारी, को–को बन्दैछन् मन्त्री ? (नामसहित)

    काठमाडौं । वाग्मती प्रदेशको मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले  राजीनामा दिएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । 

    नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एस)का संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएका छन् । पाण्डेले बुधबार नै प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । 

    वाग्मती प्रदेशमा सरकार बनाउन ५५ सांसद आवश्यक पर्छ । प्रस्तावित मुख्यमन्त्री पाण्डेलाई ५९ सांसदको समर्थन प्राप्त भएको छ । 

    वाग्मती प्रदेशमा आज नै नयाँ सरकार गठन हुने निश्चित छ । मुख्यमन्त्री पाण्डेसँगै गठबन्धनले प्रत्येक दलबाट एक एक जनाले मन्त्रीमा शपथ लिने भएका छन् । 

    नेपाली काँग्रेस प्रदेश सभा एक सदस्यका अनुसार आज पाण्डेसँगै नेपाली काँग्रेसबाट कृष्ण भडेलले सपथ लिँदैछन् । माओवादी केन्द्रबाट कुमारी मोक्तान र नेकपा एसबाट कृष्ण खनालले पनि मन्त्रीको रुपमा सपथ लिँदैछन् । 

    बाँकी मन्त्रिपरिषद् विस्तार तिहार पछाडि गर्ने गठबन्धनको तयारी छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij