आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

नयाँ सरकार गठन

बागमतीमा मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार, अर्थ र सामाजिक विकासमन्त्रीले लिए शपथ


  • 1.9K
    SHARES
  • https://indrenipost.com/posts/1481
    कात्तिक ११, २०७८ बिहीबार
    बागमतीमा मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार, अर्थ र सामाजिक विकासमन्त्रीले लिए शपथ

    काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । वाग्मती प्रदेश प्रमुखको कार्यालय हेटौँडामा उनले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिएका हुन् ।

    मुख्यमन्त्री पाण्डेसँगै भौतिक पूर्वाधारमन्त्रीको रूपमा नेपाली कांग्रेसका कृष्णलाल भँडेलले पनि शपथ लिएका छन् । यस्तै, अर्थमन्त्रीको रूपमा नेकपा ९माओवादी केन्द्र०की कुमारी मोक्तान र सामाजिक विकासमन्त्रीको रूपमा नेकपा (एकीकृत समाजवादी)का कृष्ण खनालले शपथ पनि लिए ।

    बुधबार मुख्यमन्त्री पदबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै नयाँ सरकार गठनको बाटो खुलेको थियो । नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस तथा नेकपा (एकीकृत समाजवादी) पार्टीको समर्थनमा पाण्डे मुख्यमन्त्री बनेका हुन् ।

    पाण्डेलाई गठबन्धनमा आबद्ध दलहरूका ५९ सांसदको समर्थन छ । वाग्मती प्रदेशसभामा १०९ सदस्य छन् । सरकार बनाउन ५५ सांसद आवश्यक पर्छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij