सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

दशौँ महाधिवेशन सरगर्मी

ओलीले आफ्नो पक्षका प्रतिनिधिमात्रै छनौट गरेको भन्दै केन्द्रीय सदस्य रुष्ट


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/1495
    कात्तिक १२, २०७८ शुक्रबार
    ओलीले आफ्नो पक्षका प्रतिनिधिमात्रै छनौट गरेको भन्दै केन्द्रीय सदस्य रुष्ट

    काठमाडौं । नेकपा एमालेको १० औँ महाधिवेशनको प्रतिनिधि छनौट पेचिलो हुने सङ्केत देखिएको छ । एमाले स्थायी कमिटी बैठकले त्यसको मापदण्ड तय गर्दा प्रतिनिधि आउन सङ्ख्या निकै कम निर्धारण गरेपछि छनौट पेचिलो हुने भएको हो । 

    नवौँ महाधिवेशनमा १ हजार पार्टी सङ्गठित सदस्य भएका क्षेत्रमा सात जनासम्म प्रतिनिधि आउने व्यवस्था गरिएको थियो । त्यति बेला करिब ५ लाख सङ्गठित सदस्य रहेका थिए । 

    तर अहिले साल लाख सङ्गठित सदस्य भए पनि एउटा निर्वाचन क्षेत्रमा १ हजार ५ सय सङ्गठित भएमा ३ जना र त्यस भन्दामाथि भए थप एक जना हुने गरी मापदण्ड तय गरेपछि भने पार्टीका धेरैजसो नेताहरू महाधिवेशन प्रतिनिधि हुनबाट वञ्चित भएका हुन् । 

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विरोधीहरूलाई प्रतिनिधिमै वञ्चित हुने गरी मापदण्ड तय गरेका हुन् । स्थायी कमिटी बैठकमा पेस भएको मापदण्डले ओलीलाई समर्थन गर्नेहरू मात्रै प्रतिनिधिका रूपमा आउने देखिएको छ ।

     

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij