आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

राजनीति

वाग्मतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत


  • 1.0K
    SHARES
  • https://indrenipost.com/posts/1618
    कात्तिक २२, २०७८ सोमबार
    वाग्मतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

    काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत पाएका छन् । आइतबार प्रदेश सभाको बैठकमा भएको मतदानमा उनले विश्वासको मत पाएका हुन् ।  

    विश्वासको पक्षमा ५९ मत र विपक्षमा ४३ मत परेको हो । प्रदेश सभाका दुई सदस्य तटस्थ बसेका थिए । प्रदेशसभाको १०९ सदस्यमध्ये आजको बैठकमा १०४ जना उपस्थित थिए । 

    तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएपछि पाण्डे असोज ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij