सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

एमाले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने !


  • 964
    SHARES
  • https://indrenipost.com/posts/1650
    कात्तिक २४, २०७८ बुधबार
    एमाले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने !

    काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले पार्टीको आगामी महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी दिने संकेत गरेका छन् । गृहजिल्ला अछामको साँफेबगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका हुन् ।

    कतिपय साथीहरूले महाधिवेशनमा तपाईं केमा उठ्नुहुन्छ भनेर सोध्नुहुन्छ । मैले तपाईंहरू जेमा उठ्न भन्नुहुन्छ म त्यसैमा उठ्छु भन्ने गरेको छु । तपाईंहरूको पनि केही छ भने भन्नुहोस्, उनले सम्बोधनका क्रममा भने ।

    त्यसपछि कार्यक्रममा सहभागीहरूले एकै स्वरमा अध्यक्ष भनेका थिए । त्यसपछि रावलले प्रस्ताव नै रहेछ भन्ने जवाफ फर्काए । चुनावमा हारजित स्वाभाविक भएको भन्दै उनले आफू त्यसलाई स्वीकार्न तयार रहेको बताए । 

    मैले यत्रो वर्ष काम गरेको छु । जनताको र कार्यकर्ताको आवाज कमजोर हुन दिन्नँ । त्यो जे गर्दा बलियो हुन्छ म त्यसका लागि कत्ति नहिचकिचाइ उच्च मनोबलका साथ अघि बढ्छु । कतिपयले हार्‍यो भने के गर्ने ? भन्नुहुन्छ । अनि चुनावमा लडेपछि नहार्ने को छर ? केपी ओलीले हरेका थिएनन् र, आठौँ महाधिवेशनमा, उनले भने ।

    उनले आठौँ महाधिवेशनमा ओली पराजित भएको प्रसंग पनि उल्लेख गरे । उनले आफू र ओली एउटै प्यानलमा हुँदा आफूहरू पराजित भएको स्मरण गरेका थिए । 

    उनले आफू संविधान सभाको चुनावमा हारेको, ओली झापामा हारेको तथा माधव नेपाल काठमाठौंमा हारेको कुरा पनि उल्लेख गरे । उनले हारजितभन्दा पनि देश, जनता, न्याय, समानता, सिद्धान्तका लागि झण्डा बलियोगरी समात्छ कि समात्दैन भन्ने कुरा महत्वपूर्ण हुने बताए ।

    देशका लागि जनताका लागि न्यायका लागि समानताका लागि सिद्धान्तका लागि झण्डा बलियो गरी समात्छ कि समात्दैन भन्ने मुख्य कुरा हो । हारजितको कुरा के हो र ? यही ठाउँमा २०४८ सालमा हारेको हो । जिताएर तपाईंहरूले देशको उपप्रधामन्त्रीसम्म बनाइदिनुभयो । प्रतिनिधिसभाको सदस्य बनाइदिनुभयो ।

    त्यसकारण १० औँ राष्ट्रिय महाधिवेशनमा तपाईंहरूको स्वाभिमान, भावनालाई झण्डा जसरी बलियो गरी समात्नेछु । हार्ने जित्ने कुराको चिन्ता नलिनुहोस्, रावलले भने ।

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij