आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

राजनीति

दुई मन्त्री थप्ने तयारीमा बागमती प्रदेश सरकार


  • 1.7K
    SHARES
  • https://indrenipost.com/posts/1712
    कात्तिक २५, २०७८ बिहीबार
    दुई मन्त्री थप्ने तयारीमा बागमती प्रदेश सरकार

    काठमाडौं । बागमती प्रदेशमा २ मन्त्री थपिने भएका छन् । उनीहरुको बिहीबार  बेलुका नै सपथ हुने बताइएको छ ।

    थपिने २ मन्त्रीमा माओवादीका शालिकराम जमकट्टेल र कांग्रेसका निमा लामा रहेको माओवादी केन्द्रका सांसद विशाल खड्काले जानकारी दिए । जमकट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालय र लामाले स्वास्थ्य मन्त्रालको जिम्मेवारी पाउने बताइएको छ । 

    जमकट्टेल बागमती प्रदेशको पहिलो सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री थिए । तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि उनी सहितका मन्त्रीले राजीनामा दिएका थिए ।

    गत कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका राजेन्द्र पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका  छैनन् । त्यसैदिन उनले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कृष्णप्रसाद खनाल, भौतिक पूर्वाधार विकास मन्त्रीमा कृष्णलाल भडेल र सामाजिक विकास मन्त्रीमा नेतृ कुमारी मोक्तानलाई नियुक्त गरेका थिए ।

    गठनबन्धनमा आबद्ध दलको संख्या बढी र आकांक्षीको संख्या ठूलो भएपछि बागमती प्रदेशमा मन्त्रालय विभाजन गर्ने तयारी गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij