मंगलबार, साउन २० गते २०८२ Aug 05 2025 Tuesday
images
images

राजनीति

एमालेले दशौं महाधिवेशनका लागि ८ करोड उठाउँदै


  • 2.0K
    SHARES
  • https://indrenipost.com/posts/1766
    कात्तिक २७, २०७८ शनिबार
    एमालेले दशौं महाधिवेशनका लागि ८ करोड उठाउँदै

    काठमाडौँ । महाधिवेशनको मिति नजिकिएसँगै नेपाली काँग्रेस, नेकपा एमाले लगायतका दलहरू महाधिवेशनमा लाग्ने खर्च व्यवस्थापनमा केन्द्रित भएका छन् ।

    आगामी मंसिर १० गते सुरु हुन लागेको दसौँ महाधिवेशनमा एमालेले साढे ७ करोड खर्च लाग्ने अनुमान गरेको छ ।

    यो रकम उठाउनका लागि एमालेले प्रत्येक सङ्गठित सदस्यबाट १ सय रुपैयाँ उठाउने अभियान सुरु गरेको महाधिवेशन व्यवस्थापन समितिका सदस्य तथा एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    आगामी मंसिर २४ देखि काठमाडौँमा हुने १४ औँ महाधिवेशनको तयारीमा जुटेको नेपाली काँग्रेसले आर्थिक व्यवस्थापनको पाटोमा अनौपचारिक छलफल चलाए पनि औपचारिक रुपमा निणर्य गरिसकेको छैन ।

    ९ लाख भन्दा बढी क्रियाशिल सदस्य रहेको दावी गर्ने काँग्रेसले पार्टी सदस्यबाट उठेको रकम महाधिवेशनमा खर्च गर्ने रणनीति बनाएको छ । यसबारेमा भोलि बस्ने केन्द्रीय समितिको बैठकमा थप छलफल हुने सहमहामन्त्री प्रकाशरण महत्तले बताए ।

    राप्रपा नेपालले पनि आगामी मंसिर ११ देखि गतेदेखि महाधिवेशन गर्दैछ ।

    महाधिवेशनमा झण्डै तिन करोड खर्च लाग्ने अनुमान गरिएको र व्यवस्थापनका लागि काम भइरहेको महाधिवेशन प्रचार प्रसार समिति संयोजक मोहन श्रेष्ठले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij