आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

समाचार

मुगुमा भीषण आगलागी, २१ घर जलेर नष्ट


  • 973
    SHARES
  • https://indrenipost.com/posts/1842
    कात्तिक ३०, २०७८ मंगलबार
    मुगुमा भीषण आगलागी, २१ घर जलेर नष्ट

    मुगु । मुगु सदरमुकाम गमगढीमा सोमबार राति भीषण आगलागी भएको छ। जसमा जलेर २१ वटा घर नष्ट भएका छन् ।

    राति साढे १२ बजेदेखि अचानक आगलागी सुरु भएको मुगुका प्रमख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । 

    ‘आगो अन्य घरमा नफैलियोस् भनेर केही घर भत्काइएको छ,’ प्रजिअ महतले मंगलबार बिहान भने, ‘पसलै पसल रहेका २१ घर जलेका छन् । आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छैन । जलेका घरहरुमा अझै आगो बलिरहेको छ ।

    अन्य घरमा आगो फैलिनबाट भने हामीले रोकेका छौँ ।’

    स्थानीय खिन्ने लामाको पूजाकोठामा बालिएको बिजुली बत्तीबाट आगलागी सुरु भएको प्रजिअ महतले बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij