मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

मौसमी प्रणालीको प्रभाव कायमै, आजदेखि क्रमिक सुधार आउने


  • 928
    SHARES
  • https://indrenipost.com/posts/1958
    मंसिर ४, २०७८ शनिबार
    मौसमी प्रणालीको प्रभाव कायमै, आजदेखि क्रमिक सुधार आउने

    काठमाडौं । अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले विगत तीनदिनदेखि बिग्रिएको नेपालको मौसममा आजदेखि क्रमिकरुपमा सुधार आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यद्यपि, उक्त मौसमी प्रणालीको आंशिक प्रभाव कायमै रहेकाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक, दुई स्थानमा हल्का वर्षा हुनका साथै उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

    राजधानी काठमाडौंसहित देशका अधिकांश स्थानमा लगातारको बदली हटेको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले विगतका दिनभन्दा केही न्यानो महसुस गरिएको छ । 

    आज काठमाडौंको अधिकतम तापक्रम १९।५ र न्यूनतम तापक्रम ७।८ डिग्री सेल्सियस रहेको छ । यही मङ्सिर २ गतेदेखि देशका अधिकांश स्थानमा बदली र उच्च हिमाली भेगमा हल्का हिमपात भएको थियो ।

    महाशाखाका अनुसार अहिले देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू(भागमा सामान्य बदली रही बाँकी प्रदेशका भूभाग आंशिकदेखि सामान्य बदली रहेको छ ।

    सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

    रातिको समयमा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भूभागमा सामान्य बदली रही बाँकी प्रदेशका भूभाग आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

    भोलि आइतबार पनि देशका पहाडी भू(भागमा सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ ।

    बागमती, गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij