आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

कोरोना रोकथाममा सिंगो कर्णाली परिचालित छ

  • 83.4K
    SHARES
  • https://indrenipost.com/posts/200
    चैत २७, २०७६ बिहीबार
    कोरोना रोकथाममा सिंगो कर्णाली परिचालित छ

     

    १. कर्णाली उच्च जोखिममा

    विश्व कोरोना भाइरसको महामारीले आक्रान्त छ, यसबाट नेपाल पनि अछुतो रहन सकेन । यद्यपी नेपालमा भाइरल भइसकेको छैन । कर्णाली प्रदेश पनि कोरोना संक्रमणको उच्च जोखिममा छ, पहिलो कारण भारतमा काम गर्न गएका मजदुहरु नेपाल फर्कने र सतर्कता नअपनाउने हो भने फैलन सक्छ ।
    दोस्रो कारण, साधन स्रोतको सिमितता, यदि महामारी पैmलिहाल्यो भने व्यवस्थापनमा समस्या हुन सक्छ ।
    तेस्रो कारण, भौगोलिक विकटता, विरामीहरुलाई अस्पताल पुर्याउनै कठिन हुने अवस्था छ ।
    चौथौ कारण, जनचेतनाको न्यूनता । कतिपय ठाँउमा कोरोना रोक्नबोका काटेर भाकल गरेको पनि सुनियो, यस्तो तालले महामारी कसरी रोकिएला ?

    २. रोग लाग्नै नदिने विधि

    विकसित देशहरुले रोगलागेपछि उपचार गर्ने विधि अपनाए । संकट दैलोमा नआउँदासम्म पर्खेर बसे, जब संकट घरभित्रै प्रवेश गर्यो उपायहरु साँघुरिदै गए । हामीले भने रोग लाग्नै नदिने विधि अबलम्बन गर्यौं । पूर्व सतर्कतालाई विशेष ध्यान दियौं । समयमै देशव्यापी लकडाउन ( बन्दाबन्दी) लागु गर्यौं । नेपालको सन्दर्भमा यो नै सही नीति हो । हाम्रो साधन स्रोत, जनशक्ति र तयारीले महामारी फैलिइसकेपछि थेग्न सक्दैन नै । आतंकित नभइकन लकडाउनलाई पूर्ण पालन गर्नै पर्दछ ।

    ३. सिंगो पार्टी पंक्ति परिचालित छ

    कर्णाली प्रदेशका दशवटै जिल्लामा सबै पार्टी पंक्ति परिचालित छ । वडास्तरसम्म पार्टी एकताको काम पनि सकिएकाले काममा सापेक्ष एकरुपता पनि पैदा भएको छ । जनचेतना जगाउने, संकटमा जनतालाई साथ दिने, क्वारेन्टाइनमा बस्नु पर्नेलाई बस्ने प्रबन्ध गर्ने आदि काम स्थानिय पार्टी कमिटिहरुले गरिरहेका छन् । पार्टीको नीति, सरकारको निर्णय र जनताको साथमा पार्टी कमिटि क्रियासिल रहेका छन् ।

    ४. तीनै तहको भूमिका अहिले आवश्यक भएको छ

    संकटको समाधान एक्लै गर्न गाह्रो हुन्थ्यो । संघीयता नेपालको सन्दर्भमा निकै कामलाग्दो भएको पुष्टि भएको छ अहिले । कर्णाली प्रदेशका अधिकांश स्थानीय तहमा हाम्रो पार्टीका जनप्रतिनिधिहरुले जितेकाले पनि हामीलाई जनसेवामा परिचालन गर्न सजिलो भएको छ । आप्mनो साधन स्रोतले भ्याए सम्म स्थानीय सरकारहरु अहोरात्र जनताको काममा खटेका छन् । प्रदेश सरकारले आफ्ना सबै कामहरुलाई कोरोना रोकथाममा केन्द्रित गरेको छ । कोरोना परिक्षणको व्यवस्था गर्ने, साधनस्रोतको व्यवस्थापन गर्ने, राहतकोष खडा गर्ने, क्वारेन्टाइनको व्यवस्था गर्ने, डाक्टर र स्वास्थ्यकर्मीको मनोबल उठाउने गरी काम गरिरहेको छ ।
    संक्षेपमा हामी सबै सबै ठाँउमा क्रियासिल भइरहेका छौं । कर्णाली प्रदेशबाट संघमा प्रतिनिधित्व गर्ने मन्त्रीहरु, सांसदहरु, पार्टीका केन्द्रीय सदस्यहरु, प्रदेशका मन्त्रीहरु, सांसदहरु , पार्टी प्रदेश कमिटिका सदस्यहरु , जिल्ला पार्टीका पदाधिकारी र सदस्यहरु, स्थानीयतहका सबै जनप्रतिनिधिहरु, जनवर्गिय संगठनका नेताकार्यर्ताहरु, विभाग, सल्लाहकार कमिटि र जेष्ठ कम्युनिष्ट मञ्चका सबै कमरेडहरु क्रियासिल भइरहनु भएको छ ।

    ५. समस्याहरु पनि छन्

    हामीले काम पनि गरिरहेका छौं र सँगसँगै समस्या पनि बोकेर आएका छौं । कतिपय ठाँउमा कामभन्दा प्रचार बढी गर्छौ । संकटलाई आप्mनो नीजि स्वार्थपूर्तिको माध्यम बनाउछौं । पानी धमिलो देख्यो कि माछा मार्ने तारसुर गरिहाल्ने हाम्रो पुरानै रोग हो । कोरोनाका पछिपछि त्यो पनि देखिन्छ । भगवान्ले कोरोना पठाएका होइनन् नत दैत्य नै आएको हो । हाम्रो बानी सुधारे मात्र अहिले र पछि पनिहुन सक्ने संकटसँग जुध्न सक्ने छौं । सबैलाई एकताबद्ध र सक्रिय पहलकदमीको लागि फेरि पनि अपिल गर्दछु ।

    (कुराकानीमा आधारीत)

     

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij