आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

महामन्त्री पूर्णबहादुर खड्का काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित


  • 1.6K
    SHARES
  • https://indrenipost.com/posts/2041
    मंसिर ८, २०७८ बुधबार
    महामन्त्री पूर्णबहादुर खड्का काँग्रेस  महाधिवेशन प्रतिनिधिमा निर्वाचित

    सुर्खेत । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । सुर्खेतको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका खड्का ७३६ मत प्राप्त गर्दै विजयी भएका हुन् । 

    मंगलबार भएको निर्वाचनमा ८७४ मत खसेको थियो। जसमा खड्काले सर्वाधिक मत प्राप्त गरे । काँग्रेस विधान अनुसार केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भएपनि महामन्त्री खड्काले कार्यकर्ताबाट अनुमोदित हुनका लागि निर्वाचन प्रक्रियामा सहभागी हुने बताएका थिए।

    यो पटक संस्थापन समूहमा रहेका खड्का पक्षले अग्रस्थान ओगटेको छ । पालिकादेखि प्रदेश सभा निर्वाचन क्षेत्रको चुनावमा पौडेल पक्षलाई निकै कमजोर पार्दै खड्का समूहले आफ्नो वर्चश्व कायम गरेको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij