बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

कोरोनाका कारण छुटेको कक्षा १२ को परीक्षा आजदेखि सुरु


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/2142
    मंसिर १६, २०७८ बिहीबार
    कोरोनाका कारण छुटेको कक्षा १२ को परीक्षा आजदेखि सुरु

    काठमाडौं । कोरोनाका कारण नियमित परीक्षा दिन नपाएका कक्षा १२ का विद्यर्थाीको परीक्षा आज (बिहीबार) हुँदै छ । गत भदौ ३० गतेदेखि सञ्चालित परीक्षामा संक्रमण भएर सहभागी हुन नसकेका परीक्षार्थीको लागि बोर्डले आज अर्को परीक्षा सञ्चालन गर्ने भएको हो ।

    देशभर यस्ता परीक्षर्थी ४१ जना रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार परीक्षार्थी रहेका जिल्लाबाटै उनीहरुलाई परीक्षामा सहभागी हुने अवसर दिइनेछ । उनीहरुको परीक्षाको नतिजा भने अन्य परीक्षार्थीको भन्दा केही ढिला गरी प्रकाशित हुनेछ । 

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गते भित्र सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १२ को परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij