मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

१४ औँ महाधिवेशन सरगर्मी

६ प्रदेशमा काँग्रेस अधिवेशन सम्पन्न, कुन प्रदेशमा कसको हाबी ?


  • 1.9K
    SHARES
  • https://indrenipost.com/posts/2205
    मंसिर २०, २०७८ सोमबार
    ६ प्रदेशमा काँग्रेस अधिवेशन सम्पन्न, कुन प्रदेशमा कसको हाबी ?

    काठमाडौं । नेपाली काँग्रेसको प्रदेश महाधिवेशन भएका ६ वटै प्रदेशको अन्तिम नतिजा सार्वजनिक भएको छ । 

    पछिल्लो पटक लुम्बिनी प्रदेशको मत परिणाम सार्वजनिक भएसँगै ४ वटा प्रदेशमा संस्थापन र २ वटा प्रदेशमा इतर पक्षका उम्मेदवार सभापतिमा निर्वाचित भएका छन् । 

    लुम्बिनी प्रदेशमा इतर पक्षका अमरसिंह पुनले संस्थापन पक्षका भरतकुमार शाहलाई पराजित गरे । वरिष्ठ नेता रामचन्द्र पौडेल निकट पुन ८ सय ५२ मतसहित सभापतिमा निर्वाचित हुँदा शाहले ७ सय ६७ मत ल्याए । 

    यस्तै प्रदेश १ को सभापतिमा संस्थापन तर्फका उद्धव थापा विजयी भएका छन् । आज बिहान सकिएको मतगणनामा इतर समूहका गुरुराज घिमिरेलाई २ मतले पराजित गर्दै थापा सभापतिमा निर्वाचित भएका हुन् । थापाले ८ सय ४४ र घिमिरेले ८ सय ४२ मत प्राप्त गरे। यो प्रदेशमा नेता कृष्ण सिटौला निकट थापालाई सभापति देउवा पक्षले सहयोग गरेको हो । 

    यस्तै बागमती प्रदेशको सभापतिमा संस्थापन पक्षका इन्द्र बानियाँ विजय भएका छन् । इतर पक्षका जगदीश्वर नरसिंह केसीलाई १ सय ५८ मतले पराजित गर्दै बानियाँ विजयी  भए । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी मत पाउन नसेकेपछि दोस्रो चरणमा भएको मतदानमा बानियाँले १ हजार ८५ र केसीले ९ सय २७ मत प्राप्त गरे । पहिलो चरणमा तेस्रो भएका सिटौला समूहका भीमसेनदास प्रधानले दोस्रो चरणमा बानियाँलाई समर्थन गरेका थिए । 

    यस्तै हिजै मतगणना सकिएको गण्डकी प्रदेशमा संस्थापन इतर समूहका शुक्रराज शर्मा विजयी भएका थिए । कर्णाली र सुदूरपश्चिम प्रदेशमा संस्थापन समूहका क्रमश ललितजंग शाही र वीरबहादुर बलायर विजयी भए । 

    प्रदेश २ मा भने क्षेत्रीय प्रतिनिधि चयनको विषयलाई लिएर केही जिल्लामा विवाद जारी रहँदा प्रदेश अधिवेशन उद्घाटन गरेर स्थगित भएको छ ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij