मंगलबार, साउन २० गते २०८२ Aug 05 2025 Tuesday
images
images

राजनीति

एमाले केन्द्रीय कमिटी बैठक बस्दै


  • 4.3K
    SHARES
  • https://indrenipost.com/posts/2250
    मंसिर २२, २०७८ बुधबार
    एमाले केन्द्रीय कमिटी बैठक बस्दै

    काठमाडौं । नेकपा (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ठाउँ अभावले भक्तपुरको गट्ठाघरस्थित जर्मन होममा बैठक बस्न लागेको हो । यसअघि ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरेको थियो ।

    यही मङ्सिर २५ र २६ गते एमालेको केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी गठन, पोलिटब्यूरो गठन, विभिन्न विभाग गठनलगायत एजेन्डा रहेका छन् ।

    मङ्सिर १० देखि १४ गतेसम्म भएको एमालेको दसौँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij