कर्णाली । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश लोक सेवा आयोगका लागि ४५ कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ ।
मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज पत्रकार भेटघाटमार्फत सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले प्रदेश लोकसेवा आयोगको सङ्गठन संरचना हेरफेर गरी तीन महाशाखा र १० शाखासहित ४५ कर्मचारीको दरबन्दी स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।