मंगलबार, साउन २० गते २०८२ Aug 05 2025 Tuesday
images
images

समाचार

एमाले स्थायी कमिटी र पोलिटब्युरो गठनका लागि केन्द्रीय कमिटीको बैठक बस्दै


  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/2305
    मंसिर २५, २०७८ शनिबार
    एमाले स्थायी कमिटी र पोलिटब्युरो गठनका लागि केन्द्रीय कमिटीको बैठक बस्दै

    काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक बस्दै छ । आज र भोलीका लागि अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । बैठक जर्मन हाउस हस्पिटालिटी गट्ठाघर भक्तपुरमा ११ बजे बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    यस्ता छन् एजेण्डा :

    केन्द्रीय कमिटीको पहिलो बैठक चितवनमा १०औं महाधिवेशन सम्पन्न भए लगत्तै मंसिर १४ गते बसेको थियो । बैठकमा बाँकी मनोनित हुने १० प्रतिशत अर्थात ३१ जना केन्द्रीय सदस्यहरुको सपथ ग्रहण हुने छ ।

    महाधिवेशनको समीक्षा, पोलिटव्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन तथा प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन गर्ने बैठकको कार्यसूची रहेको छ । एमालेको विधान अनुसार पोलिटब्युरो ९९ सदस्यीय र स्थायी कमिटी ४५ सदस्यीय हुने छ ।

    एमालेको माहाधिवेशन सम्पन्न भएको भए पनि जिल्ला र प्रदेशको अधिवेशन भएको छैन । आजको बैठकले जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण गर्ने छ ।

    विधान सम्पादन र नियमावली संशोधन, बैठक संचालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियता क्रम निर्धारण र जनसंगठनको सुदृढिकरण अभियान पनि बैठकको कार्यसूचीमा छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij