काठमाडौं । नेकपा (एमाले)का मनोनीत केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।
बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले शपथग्रहण गराएका हुन् ।
एमालेमा ४४ जनलाई केन्द्रीय कमिटीमा मनोनय गरिएको छ ।
शपथग्रहणपश्चात् ओलीले उनीहरूलाई सफल कार्यकालको शुभकामना दिए ।
ओलीले जनताले मन पराउने र देश र जनता, पार्टी र आन्दोलनालाई फाइदा हुने खालका विचार, व्यवहार र शैली अपनाउन निर्देशन पनि दिए ।
मनोनीत केन्द्रीय सदस्यहरू :