आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

माओवादी केन्द्रको कर्णाली प्रदेश सदस्य चयन, बाँकी पदाधिकारी पछि टुंग्याउने गरी सम्मेलन सम्पन्न


  • 4.6K
    SHARES
  • https://indrenipost.com/posts/2389
    मंसिर २९, २०७८ बुधबार
    माओवादी केन्द्रको कर्णाली प्रदेश सदस्य चयन, बाँकी पदाधिकारी पछि टुंग्याउने गरी सम्मेलन सम्पन्न

    सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णालीको प्रथम प्रदेश सम्मेलन प्रदेश कमिटी घोषणा भएको छ ।

    गत शनिबारदेखि सुरु भएको समेलने नेतृत्व चयनमा सकस भएपछि दुई दिन ढिला गरी हिजो (मंगलबार) साँझमात्र सदस्य मात्र चयन गरी सम्पन्न भएको हो ।

    266347437_614232583177124_6428527793439145442_n.jpg

    माओवादी केन्द्रले २११ सदस्यीय प्रदेश कमिटी घोषणा गरि पदाधिकारीमा भने अझै सहमति हुन नसकेको उसले जनाएको छ ।

    घोषित प्रदेश सदस्यबाटै अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष सहितका ९ पदाधिकारी चयनका लागि नवनिर्वाचित सदस्यहरूको बैठक बसिरहेको जनाइएको छ ।

    266791374_614232743177108_665810718323249181_n.jpg

    निर्वाचन मण्डलका अनुसार रुकुम पश्चिमबाट ३२, सल्यानबाट २९, कालीकोटबाट २९, जाजरकोटबाट २६, सुर्खेतबाट २१, जुम्लाबाट १८, हुम्लाबाट १८, दैलेखबाट १७, डोल्पाबाट ११ र मुगुबाट १० गरी २ सय ११ जना प्रदेश सदस्यमा चयन भएका हुन् ।

    264429186_614232833177099_6784619937810870952_n.jpg

    माओवादी केन्द्रले प्रदेश समितिमा महिला ३५, दलित २५, युवा २० र अल्पसंख्यक पाँच प्रतिशत समेट्ने गरी विधान निर्माण गरेको जनाएको छ ।

    264791760_614232786510437_9097626976724312066_n.jpg

    -तस्बिर : पूर्ण समीर । 

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij