काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा बाँकी पाँच क्लस्टरको सहमहामन्त्री पदको मतगणना भइरहेको छ ।
काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार पार्टी केन्द्रीय कार्यालयमा सहमहामन्त्रीको मतगणना जारी छ ।
काँग्रेसका महामन्त्री पदको आठ क्लस्टरमध्ये तीनको बिहीबार मतपरिणाम आइसकेकाले आज बाँकी पाँच क्लस्टरको मतगणना हुन लागेको हो ।
काँग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ ।