सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

एमालेमा ओलीको राज : आफूनिकट नेतालाई महत्वपूर्ण जिम्मेवारी, १० भाइलाई बाइपास


  • 2.3K
    SHARES
  • https://indrenipost.com/posts/2441
    पुष ३, २०७८ शनिबार
    एमालेमा ओलीको राज : आफूनिकट नेतालाई महत्वपूर्ण जिम्मेवारी, १० भाइलाई बाइपास

    काठमाडौं । नेकपा (एमाले)का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनबाट विभिन्न पदमा निर्वाचित नेताहरूको कार्यविभाजन गर्ने क्रममा आफूनिकट नेतालाई महत्वपूर्ण जिम्मेवारी दिएका छन् ।

    उनले आफूनिकट र पूर्वमाओवादी समूहलाई महत्वपूर्ण जिम्मेवारी र वरीयताक्रममा माथि राख्दा विगतमा माधवकुमार नेपालनिकट रहेका नेतालाई भने ‘बाइपास’ गरेका छन् । 

    अधिकांश उपाध्यक्षलाई नाम मात्रको जिम्मेवारी दिइएको छ । यस्तै, एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी निकटका नेतालाई पनि महत्वपूर्ण जिम्मेवारी दिइएको छ ।

    २५ र २६ मंसिरमा भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले नेताहरूको जिम्मेवारी बाँडफाँटका साथै वरीयताक्रम निर्धारण गरेको हो ।

    बैठकले स्थायी कमिटी, पोलिटब्युरो गठनका साथै प्रदेश कमिटीको पदाधिकारीसमेत चयन गरेको अध्यक्ष ओलीद्वारा जारी अन्तरपार्टी निर्देशन (अपानी) मा उल्लेख छ । यो समाचार राजधानी दैनिकमा छ । 

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij