सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

एमाले अध्यक्ष ओलीको उर्दी : ‘जिल्ला र प्रदेशमा सर्वसम्मत नेतृत्व चयन गर्नू’


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/2444
    पुष ३, २०७८ शनिबार
    एमाले अध्यक्ष ओलीको उर्दी : ‘जिल्ला र प्रदेशमा सर्वसम्मत नेतृत्व चयन गर्नू’

    काठमाडौं । नेकपा (एमाले)ले जिल्ला र प्रदेशको अधिवेशनमा नेतृत्व चयन सर्वसम्मत गर्न निर्देशन दिएको छ । शुक्रबार अन्तरपार्टी निर्देशन जारी गर्दै पुस २३ मा जिल्ला र माघ ८ मा प्रदेश अधिवेशन गर्न निर्देशन दिएको हो । 

    सर्वसम्मत हुन नसकेमा मात्रै निर्वाचनको विधि अवलम्बन गर्ने बताइएको छ । वडा तथा पालिकास्तरको अधिवेशन पनि एकै दिन भएका थिए ।

    अधिवेशनसँगै पार्टी प्रवेश र संगठन विस्तार अभियान चलाउन पनि आग्रह गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । माघ, फागुन महिनामा विशेष कार्यक्रम आयोजना गरी पार्टी प्रवेश अभियान सञ्चालन गर्ने उनको भनाइ छ । 

    एमालेमा धेरै जनसंगठनको महाधिवेशन हुन सकेको छैन । राष्ट्रिय महाधिवेशनले पार्टीको जनाधार अक्षुण र सुदृढ रहेको पुष्टि गरेको अन्तरपार्टी निर्देशनमा छ । यो समाचार अन्न्पूर्णपोष्ट दैनिकमा छ । 

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij