सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

खुला महिला केन्द्रीय सदस्यतर्फ मतगणना जारी : १३६४ मत गणना गर्दा डिला संग्रौलाको पपुलर भोट


  • 2.6K
    SHARES
  • https://indrenipost.com/posts/2499
    पुष ५, २०७८ सोमबार
    खुला महिला केन्द्रीय सदस्यतर्फ मतगणना जारी : १३६४ मत गणना गर्दा डिला संग्रौलाको पपुलर भोट

    काठमाडौं । नेपाली काँग्रेसले खुला महिला केन्द्रीय सदस्यको मतगणना गरेको छ । अहिलेसम्म १३६४ मत गणना गर्दा केन्द्रीय सदस्यमा डिला संग्रौला अगाडि छिन् ।

    संग्रौलाले ८२५ मत ल्याएकी छन् । मतगणना जारी छ । साथै पुष्पा भुसालले ८०२ र आरजु राणा देउवाले ७२८ मत ल्याएका छन् । 

    खुला महिलातर्फ ९ जनाका लागि ३० जना चुनावी मैदानमा उत्रिएका थिए । अम्बिका बस्नेतले ६५८ मत ल्याएकी छन् । ईश्वरी न्यौपानेले ६४० मत ल्याउँदा सरिता प्रसाईंले ६२४ मत ल्याएकी छन् ।

    निर्वाचन समितिले दिएको जानकारीअनुसार रमा कोइरालाले ५२९, सुशीला ढकालले ५१९ र अनिता देवकोटाले ५१३ मत ल्याएकी छन् ।

    खुला केन्द्रीय सदस्य गणना सकेर खुला महिला केन्द्रीय सदस्यतर्फ गणना गरिएको हो । करिब चार हजार छ सय मत खसेकोमा अहिलेसम्म जम्मा १३६४ मत मात्रै गणना गरिएको छ ।

     

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij