काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय सदस्यको खुल्ला पुरुष र खुल्ला महिलातर्फको मतगणना सम्पन्न भएको छ । केन्द्रीय सदस्यमा भूगोल र विभिन्न क्लस्टरको मतगणना भने जारी छ ।
अपांगता भएको, अल्पसंख्यक खुल्ला र पिछडिएको क्षेत्रको मतपरिणाम पनि आइसकेको छ । यसैगरी प्रदेश २ को भूगोलतर्फको मतपरिणाम पनि सार्वजनिक भइकेको छ ।
निर्वाचित केन्द्रीय सदस्यमा अधिकांशमा शेरबहादुर देउवा प्यानल हाबी भएको छ । पदाधिकारीतर्फ पनि देउवा प्यानल नै अघि छ ।
पदाधिकारीमा एक उपसभापति र ६ जना सहमहामन्त्री देउवा पक्षले जितेको छ । एक उपसभापति र एक महामन्त्री तथा दुई सहमहामन्त्री शेखर कोइराला प्यानलले जित हासिल गरेको छ । एक महामन्त्री प्रकाशमान सिंह समूहले जितेको छ ।
तर, केन्द्रीय सदस्यमा भने सिंहको प्यानल ुनिलु भएको छ । सिंहसहित तीनै सभापतिका प्रत्यासीबाट सूचीमा नाम सामेल भएका शशांक कोइरालाबाहेक सिंह प्यानलबाट कोही पनि निर्वाचित भएन ।
मत परिणाम अनुसार देउवा पक्षका ३९ उम्मेद्वार केन्द्रीय सदस्यमा विजयी भएका छन् । १० जनाशेखर प्यानलबाट निर्वाचित भए । देउवा, शेखर र प्रकाशमान प्यानलमा परेका शशांक कोइरालाले पपुलर मतसहित केन्द्रीय सदस्यमा जित हासिल गरे ।
खुला केन्द्रीय सदस्यको नतिजासँगै देउवा सुविधाजनक बहुमततर्फ उन्मुख छन् ।
देउवा प्यानलबाट केन्द्रीय सदस्यमा निर्वाचित
एनपी साउद
बालकृष्ण खाण
उदय शम्शेर राणा
रामहरि खतिवडा
ज्ञानेन्द्रबहादुर कार्की
रमेश लेखक
शंकर भण्डारी
जीपछिरिङ लामा
जीतजंग बस्नेत
गोपालमान श्रेष्ठ
मोहनबहादुर बस्नेत
सुनीलबहादुर थापा
नैनसिंह महर
गोविन्द भट्टराई
कुन्दनराज काफ्ले
सुरेन्द्रराज पाण्डे
पद्यनारायण चौधरी
राजीव ढुंगाना
गुरु बराल
मदनबहादुर अमात्य
गणेश लामा
उमेशजंग रायमाझी
मोहन आचार्य
गोपाल दहित
कृष्णकिशोर घिमिरे
डा डिला संग्रौला
पुष्पा भुसाल
डा आरजु राणा देउवा
अम्बिका बस्नेत
ईश्वरी न्यौपाने
रमा कोइराला पौडेल
शुशिला ढकाल आचार्य
रंगमति शाही
चित्रलेखा यादव ९प्रदेश २ महिला०
आनन्दप्रसाद ढुंगाना ९प्रदेश २ खुल्ला ( निर्विरोध०
रमेश रिजाल ९प्रदेश २ खुल्ला ( निर्विरोध०
मदनकृष्ण श्रेष्ठ ९अपांगता खुल्ला०
अर्जुनजंगबहादुर शाही ९पिछडिएको क्षेत्र खुल्ला०
प्रदीप कुमार सुनुवार ९अल्पसंख्यक खुल्ला०
शेखर प्यानल
अर्जुननरसिंह केसी
दिलेन्द्र प्रसाद बडु
रामशरण महत
बलबहादुर केसी
दिपक गिरी
सञ्जयकुमार गौतम
गोविन्दराज पोखरेल
अजयबाबु शिवाकोटी
दिनेश कोइराला
सरिता प्रसाई
देउवारशेखररप्रकाशमान
शशांक कोइराला