काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले विधानमै पदाधिकारीलाई समावेशी बनाउने भएको छ ।
केन्द्रीय समितिमा समावेशी, समानुपातिक व्यवस्था अनिवार्य गरेको माओवादी केन्द्रले अध्यक्षसहितको १५ पदाधिकारीमा पनि त्यो व्यवस्था गर्न लागेको हो ।
त्यसका लागि जारी आठौं महाधिवेशनबाट माओवादीले पार्टी विधान परिमार्जन गर्न लागेको छ ।
माओवादी केन्द्रको अन्तरिम विधान २०७८ अनुसार एक अध्यक्ष, वरिष्ठसहित ७ उपाध्यक्ष, एक महासचिव, २ उप–महासचिव, ३ सचिव र १ कोषाध्यक्षसहित १५ पदाधिकारी रहने व्यवस्था छ ।
त्यही १५ पदाधिकारीमा क्लष्टरवाइज नेतृत्वको व्यवस्था गर्न मंगलबार बसेको स्थायी समिति बैठकले निर्देशन दिएको हो ।
स्थायी समिति सदस्य हरिबोल गजुरेलका अनुसार अब विधानमै समावेशी पदाधिकारीको अनिवार्य व्यवस्था गरिनेछ ।