काठमाडौं । आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि २५ वटा समूहले छलफल गरिरहेका स्थानमा पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवलोकन गरिरहेका छन् ।
कमलादीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा भइरहेको समूहगत छलफलको अवलोकन गर्न प्रचण्ड पुगेका हुन् ।
सोमबार ४५ पेज लामो राजनीतिक प्रतिवेदन प्रचण्डले करिब अढाई घण्टा लगाएर वाचन गरेपछि २५ वटा समूह बनाइएको थियो ।
ती समूहबाट टोली नेताले अब बन्दसत्रमा १५/१५ मिनेट समयभित्र सुझाव प्रस्तुत गर्ने कार्यतालिका छ ।
यसैबीच आठौं राष्ट्रिय महाधिवेशनको अवसरमा प्रज्ञा भवन कमलादीमा आयोजित ञसमाजवादको यात्राु कला प्रदर्शनीको अवलोकनमा पनि अध्यक्ष प्रचण्ड पुगेका छन् ।