सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

महाधिवेशनबाट माओवादीले अध्यक्षसहित केन्द्रीय समितिमात्रै चयन गर्ने


  • 2.0K
    SHARES
  • https://indrenipost.com/posts/2710
    पुष १५, २०७८ बिहीबार
    महाधिवेशनबाट माओवादीले अध्यक्षसहित केन्द्रीय समितिमात्रै चयन गर्ने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी महाधिवेशनले पार्टीको अध्यक्षसहित केन्द्रीय समितिमात्रै चुन्ने भएको छ ।

    माओवादी केन्द्रको आठौं महाधिवेशनले अध्यक्षमा प्रचण्डलाई नै पुनः चयन गर्ने निश्चित छ । अहिलेसम्म अध्यक्षमा कसैले दावी गरेको छैन र प्रचण्डलाई पार्टीलाई अलपत्र पारेर बीचमै नेतृत्व छाड्न नपाइने भन्दै नेता कार्यकर्ताहरुले दबाबसमेत बढाउँदै आएका छन् ।

    ‘महाधिवेशनले अध्यक्षसहित केन्द्रीय सदस्यहरुमात्रै चुन्नेछ’, एक नेताले भने, ‘महाधिवेशनमाट चुनिएको केन्द्रीय समितिले बाँकी पदाधिकारीहरु टुंग्याउने छ ।’

    महाधिवेशनमा प्रस्तावित विधानले माओवादीमा १५ पदाधिकारी रहने व्यवस्था गरिएको छ । जसमा अध्यक्ष एक, एकजना वरिष्ठसहित सात उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष गरी १५ पदाधिकारी रहने विधान प्रस्ताव गरिएको हो ।

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij