सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

माओवादीमा बहुपद प्रणाली खारेज


  • 2.4K
    SHARES
  • https://indrenipost.com/posts/2716
    पुष १५, २०७८ बिहीबार
    माओवादीमा बहुपद प्रणाली खारेज

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता रामनारायण बिडारीले महाधिवेशनको बन्दसत्रमा कम्युनिष्ट पार्टीमा बहुपद प्रणाली ठिक नभएको कुरा उठेको बताएका छन् । प्रज्ञा प्रतिष्ठानमा भइरहेको माओवादी केन्द्रको महाधिवेशनको बन्द सत्रमा नेताहरुले बहुपद प्रणाली खारेजीको कुरा उठाएको उनले बताएका हुन् ।

    ुबहुपदको कुरा आएको छ । यो ठिक होइन । कम्युनिस्ट भनेको महासचिव वा अध्यक्ष हुन्छ । पोलिटव्युरो, स्टाण्डिङ कमिटी हुन्छ । बहुपद खारेज गर्न माग उठेको छ । कम्युनिस्टको आचरण बहुपदीय होइनु उनले भने महाधिवेशनमा आएका कुराहरु बारे भने ।

    अहिलेको माओवादी महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित ७ उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्षसहित १५ पदाधिकारी चयन गर्नेछ ।

    अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूहका नेताहरुले धारणा राखिरहेका छन् । त्यसक्रममा एमसीसी स्वीकार गर्न हुन्न भन्ने माग उठेको समेत उनले बताए ।

    यस्तै, शिक्षा अनिवार्य र समावेशी बनाउँदै सरकारी विद्यालयको विकास गर्दै निजी विद्यालयलाई सरकारीकरण गर्नुपर्ने माग उठेको उनले बताए ।

    ुमाओवादीका छोराछोरी सरकारीमा अरु प्राइभेटमा पढ्ने भन्ने होइन । त्यसो भए त माओवादीका छोराछोरी डाक्टर पाइलट बन्न नपाउने भए । शिक्षाको संरचना परविर्तन गरि समावेशी बनाउन माग गरेका छन्ु उनले उठेका मागहरु बारे भने ।

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij