सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

माओवादी केन्द्रको नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरु


  • 2.0K
    SHARES
  • https://indrenipost.com/posts/2749
    पुष १७, २०७८ शनिबार
    माओवादी केन्द्रको नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरु

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) आज (शनिबार) जारी ८औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया सुरु भएको छ ।

    ११ बजेबाट सुरु भएको बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदैछन् । 

    यसलगत्तै विधान संशोधन प्रस्ताव पारित निर्वाचन प्रक्रियामा जाने माओवादी केन्द्रले जनाएको छ । माओवादीले सहमतिमै नेतृत्व चयन गर्न लागेको छ । 

    शुक्रबार  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित भएको थिएन ।

    विधानमा माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ । 

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij