आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

माओवादीको केन्द्रीय कमिटी चयनका लागि आइतबार निर्वाचन हुने, यस्तो छ कार्यतालिका


  • 3.3K
    SHARES
  • https://indrenipost.com/posts/2754
    पुष १७, २०७८ शनिबार
    माओवादीको केन्द्रीय कमिटी चयनका लागि आइतबार निर्वाचन हुने, यस्तो छ कार्यतालिका

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत केन्द्रीय कमिटी सदस्यका चयनका लागि आइतवार बिहानदेखि मतदान हुने भएको छ । निर्वाचन समितिले शनिवार साँझ जारी गरेको कार्यतालिका अनुसार बिहान ११ः३० बजेदेखि मतदान सुरु हुनेछ ।

    केही समय अघि सार्वजनिक भएको निर्वाचन कार्यतालिका अनुसार शनिवार (आज) राति ८ बजेदेखि साढे १० बजेसम्म उम्मेद्वारी दर्ताका लागि समय छुट्टाइएको छ । उम्मेद्वारको अन्तिम नामावली प्रकाशन भोलि बिहान ११स्१५ बजे हुने जनाइएको छ । साढे ११ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

    पार्टीको विधानअनुसार माओवादी केन्द्रको केन्द्रीय कमिटीको आकार २ सय ९९ रहेको छ। जसमा ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक आधारमा सदस्य चयन हुने माओवादीले व्यवस्था गरेको छ । 

    आजै बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा सहमतिका लागि नेताहरुले प्रयास गरेका थिए । बिहान ११ बजे सुरु भएको बन्द सत्रमा देव गुरुङले पेश गरेको विधान संशोधन मस्यौदालाई पारित गरेको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति नभएमा निर्वाचन हुने बताइसकेका छन् ।

    केही अघि निर्वाचन समितिले निर्वाचन प्रकृया अगाडि बढाउँदै १ हजार ७ सय ४२ जना प्रतिनिधिको नाम टाँस गरिसकेको छ । उक्त नाममा असहमति भए त्यसविरुद्ध उजुरीको व्यवस्था छ । बेलुका ६ बजे टाँस गरिने नामको सूचीपछि कुनै उजुरी लाग्ने छैन ।

    महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिट्व्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ । पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ ।

    ५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ । केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुनेछ ।

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij