सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

माओवादी केन्द्रको नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास, दोस्रो पटक सारियो निर्वाचन तालिका


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/2767
    पुष १८, २०७८ आइतबार
    माओवादी केन्द्रको नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास, दोस्रो पटक सारियो निर्वाचन तालिका

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को नयाँ नेतृत्वका लागि महाधिवेशनस्थल प्रज्ञा भवनमा स्थायी कमिटी बैठक जारी छ ।

    नयाँ केन्द्रीय समिति र १५ सदस्यीय पदाधिकारी टीम सर्वसम्मत बनाउने प्रयासस्वरुप माओवादी स्थायी कमिटी बैठक बसिरहेको हो ।

    माओवादी अध्यक्ष प्रचण्डले केन्द्रीय समिति र पदाधिकारी सर्वसम्मत चयन प्रयास जारी राखेका छन् । 

    त्यही प्रयासस्वरुप उनले शनिबार बन्दसत्र हलमा सम्बोधन गरेपछि पहिलो पटक निर्वाचन कार्यतालिका संशोधन गरिएको थियो ।

    सहमतिका लागि भन्दै माओवादीले शनिबार राति ८ बजेदेखि तय गरिएको निर्वाचन कार्यतालिकालाई आइतवार २ बजेसम्मका लागि संशोधन गरेर सारिएको थियो ।

    तर माओवादी नेतृत्वले अझै पनि सहमतिमै नेतृत्व चयनका लागि प्रयास गरिरहेको छ । त्यसकै लागि माओवादीले आइतवार २ बजेदेखि हुने भनिएको निर्वाचन कार्यतालिकालाई २ घण्टा पर सारेको छ ।

    माओवादीको निर्वाचन समितिले अब उम्मेदवारी मनोनयनलाई अपरान्ह ४ बजेदेखि ६ बजेसम्मलाई तोकेको छ ।

    त्यस्तै मतदान कार्यक्रमलाई सोमबार बिहान ८ बजेदेखि दिउँसो १ बजेर २५ मिनेटसम्मलाई कायम गरिएको छ । 

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij