आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

माओवादी आठौँ महाधिवेशन : प्रचण्डले पेश गरे २३६ केन्द्रीय समिति


  • 3.2K
    SHARES
  • https://indrenipost.com/posts/2774
    पुष १८, २०७८ आइतबार
    माओवादी आठौँ महाधिवेशन : प्रचण्डले पेश गरे २३६ केन्द्रीय समिति

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी आठौँ महाधिवेशनको बन्दसत्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको २३६ जनाको केन्द्रीय कमिटी पारित गरेको छ ।

    अध्यक्ष प्रचण्डले आज २३६ जना केन्द्रीय सदस्यको नाम बन्दसत्रमा पेश गरेका थिए ।

    २९९ केन्द्रीय सदस्यमध्ये हाल २३६ जनाको नाम फाइनल गरिएको हो । केन्द्रीय सदस्यमा समानुपातिक तर्फ १२५ र खुलातर्फ १११ गरी २३६ जना रहेका छन् ।

    २९९ केन्द्रीय सदस्यमा समानुपातिक तर्फका १५४ मध्ये १२५ र खुलातर्फको १४५ मध्ये १११ जनाको नाम हाल घोषणा गरिएको हो ।

    अब समानुपातिकतर्फ २९ जना र खुलातर्फ ३४ जना केन्द्रीय सदस्य छनोट हुन बाँकी छन् । दुवै गरी ६३ जना केन्द्रीय सदस्य थप्न बाँकी छ । 

    १५ प्रतिशत केन्द्रीय सदस्य छनोट गर्न बाँकी रहेको भन्दै प्रचण्डले त्यसले बाँकी सबैलाई समेट्ने बताए । विधान अनुसार सो लागू गर्ने उनको भनाइ थियो ।

    समावेशी समानुपातिकको खस आर्यतर्फ १३ जना छन् । जसमा नारायण प्रसाद दाहाल, सूर्यराज सुवेदी, धीरेन्द्र प्रधान, नरबहादुर विष्ट, बसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, तारानाथ स्वार, देवराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली रअच्युतम् काफ्ले रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij