काठमाडौं । नेकपा (माओवादी केन्द्र)को ननिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज (सोमबार) बस्ने भएको छ ।
बैठक दिउँसो ३ बजे ललितपुरको सानेपा हाइटस्थित हेरिटेज प्लाजामा बस्ने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
बैठकले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ । माओवादीको आइतबार सम्पन्न आठौं महाधिवेशनले २३७ जना केन्द्रीय सदस्य चयन गरेको छ ।