सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

माओवादी केन्द्रको आठौँ महाधिवेशन : बने ९ जोडी केन्द्रीय सदस्य


  • 2.5K
    SHARES
  • https://indrenipost.com/posts/2788
    पुष १९, २०७८ सोमबार
    माओवादी केन्द्रको आठौँ महाधिवेशन : बने ९ जोडी केन्द्रीय सदस्य

    काठमाडौं । निर्वाचन प्रक्रिया स्थगन गरेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्य तजबिजका आधारममा चयन गरेका छन् । 

    नेकपा (माओवादी केन्द्र)मा यसअघि केन्द्रीय सदस्य रहिसकेका र केही नयाँ समेटेर प्रचण्डले केन्द्रीय सदस्य प्रस्ताव गरेका थिए । जसलाई महाधिवेशनको बन्दसत्रले अनुमोदन गर्‍यो ।

    प्रचण्डले तजबिजी अधिकार प्रयोग गर्दा छोरी रेणु दाहालसहितका पारिवारिक सदस्यले केन्द्रीय सदस्यमा स्थान बनाए ।

    यस्तै, केही नेताहरुका पति–पत्नीले नै केन्द्रीय सदस्यमा परे । भाग्यमानी नौ जोडी केन्द्रीय सदस्यमा अटाएका छन् ।

    सार्वजनिक सूची अनुसार देवेन्द्र पौडेल र बलावती शर्मा, कल्पना धमला र देवेन्द्र पराजुली, देवप्रसाद गुरुङ र यशोदा सुवेदी गुरुङ केन्द्रीय कमिटीमा अटाएका छन् ।

    यस्तै, वर्षमान पुन र ओनसरी घर्ती, रेखा शर्मा र कृष्णध्वज खड्का, लिलामणि पोखरेल र शशी श्रेष्ठ तथा शक्ति बस्तेत र सत्या पहाडीले केन्द्रीय सदस्यमा स्थान बनाएका छन् ।

    यसैगरी हितमान शाक्य र अमृता थापा, गणेशमान पुन र कमला रोका पनि केन्द्रीय सदस्यमा चयन भएका छन् ।

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij