काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया स्थगन गरेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्य आफ्नो तजबिजीका आधारममा चयन गरेका छन् ।
माओवादी केन्द्रमा यसअघि केन्द्रीय सदस्य रहिसकेका र केही नयाँ समेटेर प्रचण्डले केन्द्रीय सदस्य प्रस्ताव गरेका थिए । जसलाई महाधिवेशनको बन्दसत्रले अनुमोदन गर्यो ।
प्रचण्डले तजबिजी अधिकार प्रयोग गर्दा कर्णाली प्रदेशबाट तीन जोडी केन्द्रीय सदस्यमा चयन भएका छन् । जसअन्तर्गत शक्तिबहादुर बस्नेत-सत्या पहाडी, रामदीप आचार्य-कृष्णा शाह र नरबहादुर बिष्ट-पुष्पा घर्तीले केन्द्रीय सदस्यमा स्थान बनाए ।
यीमध्ये बस्नेत दम्पती मन्त्री भइसकेका छन् भने घर्ती बहालवाला उपसभामुख हुन् ।