सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

रेल गुड्यो, लिक परीक्षणको आशा पलायो


  • 3.3K
    SHARES
  • https://indrenipost.com/posts/2906
    पुष २५, २०७८ आइतबार
    रेल गुड्यो, लिक परीक्षणको आशा पलायो

    काठमाडौं । हस्तान्तरण गरेको दोस्रो वर्षमा प्रवेश गर्दा नेपालका ध्वजावाहक रेल दोस्रो पटक गुडे । नेपालको जयनगरबाट भारतको कुर्थासम्मको  ३४  किलोमिटर  दूरी  रेलले  तय  गरेका हुन् । 

    २०७७  असोज  २  गते  भित्रिएका  दुई  रेल  कात्तिक  ५  गते  भारतीय  रेल्वे  कम्पनी  कर्पोरेसन  ९कोँकण०ले  नेपाल  रेल्वे  कम्पनीलाई  हस्तान्तरण  गरेको थियो । ८४ करोड ६५ लाख रूपियाँमा रेल किनिएका हुन् । तर, ती रेल डेढ वर्षदेखि धनुषाको इनरुवा रेल्वे स्टेसनमा त्रिपाल ओढाएर थन्काइएका थिए  ।

    ती रेल ल्याइएपछि  शनिबार  दोस्रो  पटक परीक्षण गरिएको हो । यसबीचमा  रेल  चलाउने  मिति  पटक–पटक  सर्दै  आएको छ  । 

    पछिल्लो पटक गत मङ्सिरमा  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु  यादवले अध्यादेशबाट  कानुन  बनिसकेको  र  अब  चाँडै  रेल  सञ्चालन  हुने  प्रतिबद्धता  जनाएकी थिइन् ।

    उनीसहित रेल सञ्चालनसम्बन्धी प्रतिबद्धता जनाउने मन्त्री तीन पुग्दा पनि रेल सञ्चालन भएको छैन । तर, आजको लिक परीक्षणले अब रेल कुद्ने आशा जागेको छ । आजको परीक्षणका क्रममा गत मङ्गलबार भारतीय रेलका प्राविधिक टोलीसहितले रेलमार्ग  परीक्षण  गरेका  थिए  ।

    टोलीले  भारतका  तर्फबाट  सम्पूर्ण  तयारी  भएको  जानकारीसमेत  गराएको थियो । रेल  नचल्दाको  घाटा  पूर्वाधारमा  पनि  परेको  छ । 

    रेलमार्गका क्लिप चोरी हुँदा पनि नेपाललाई निकै नोक्सानी भएको नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij