सोमबार, साउन १९ गते २०८२ Aug 04 2025 Monday
images
images

एसिया ट्रफीका लागि नेपाली यु–२० महिला रग्बी टोली घोषणा


  • 334
    SHARES
  • https://indrenipost.com/posts/9724
    साउन १८, २०८२ आइतबार
    एसिया ट्रफीका लागि नेपाली यु–२० महिला रग्बी टोली घोषणा

    काठमाडौँ, १८ साउनः नेपाल रग्बी सङ्घले भारतमा हुन लागेको एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफीका लागि नेपाली यु–२० महिला टोली घोषणा गरेको छ । प्रतियोगिता आगामी साउन २४ देखि २७ गतेसम्म भारतको बिहारस्थित राजगीर रंगशालामा आयोजना हुँदैछ ।
    १३ सदस्यीय नेपाली टोलीमा सम्झौता तुम्बापो, लक्की मगर, सनमिका मगर, रेखा खड्का, सुशीला सुनुवार, निशा घलान, रोश्ना पोखरेल, पूजा डङ्गोल, कविता बादी, आरुषी भट्टराई, सलिना माझी, समीक्षा गौतम र रमिरा शाही समावेश छन् । टोली साउन २२ गते भारत प्रस्थान गर्ने कार्यक्रम छ ।
    सावित्री पुर्जाको प्रशिक्षणमा टोली तयार पारिएको हो । नेपाल रग्बी सङ्घका महासचिव गोविन्द घिमिरेका अनुसार प्रतियोगिता स्थल भारतको मौसम अनुसार तयारी गर्न टोलीलाई सर्लाहीको राधाकृष्ण खेल मैदानमा एक महिनादेखि प्रशिक्षण दिइँदै आएको छ ।
    प्रतियोगितामा एसियाका ११ राष्ट्रका टोली सहभागी हुनेछन् । अघिल्लो संस्करण भने नेपालमा सम्पन्न भएको थियो । यस पटकको सहभागिताबाट नेपाली टोलीले अन्तर्राष्ट्रिय अनुभव सँगाल्ने अपेक्षा गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij