काठमाडौं । काठमाडौं जिल्लाका अध्यक्षमा दिपक निरौला चयन हुँदा उपाध्यक्षमा नबराज पराजुली छानिएका छन् । यस्तै, सचिवमा राजेश शाक्य तथा उपसचिवमा बिन्दु महर्जन र उप सचिव तेज ढकाल चयन भएका छन् ।
भक्तपुरमा सर्वसम्मत रुपमा वचन देउजा अध्यक्ष पदमा निर्वाचित भएका छन् । उपाध्यक्ष बासुदेव थापा चयन हुँदा सचिवमा मोहनवीर श्रेष्ठ र उप सचिव दामोदर दंगाल र मिलन सुवाल निर्वाचित भएका छन् ।
ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य सर्वसम्मत छानिएका छन् । उपाध्यक्षमा प्रेमभक्त महर्जन, सचिव राम राउत, उप सचिव श्याम व्यञ्जनकार र तारा सञ्जेल छानिएको एमालेले जनाएको छ ।