काठमाडौं । नेकपा (एमाले)को प्रदेश अधिवेशन सरेको छ । एमालेले नेपालमा कोरोना संक्रमण दर ह्वातै बढेपछि गृह मन्त्रालयले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने व्यवस्था गरेपछि प्रदेश अधिवेशन सारेको हो ।
माघ ८ गतेका लागि तोकिएका एमालेका प्रदेश अधिवेशनहरू माघ २८ र २९ गतेका लागि सारिएको प्रचारविभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
एमालेले यसबारे प्रदेशमा सर्कूलर जारी गरिसकेको छ । एमालेले सबै प्रदेशमा माघ ८ गते प्रदेश अधिवेशन तोकेको थियो । एमालेको पौष २३ गते तोकिएको जिल्ला अधिवेशन अधिकांश जिल्लामा नयाँ नेतृत्व चयन गर्दै सकिएकको छ ।
गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र मातहतका विभाग तथा निकायहरुलाई पत्राचार गर्दै कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेका सिफारिसहरु कार्यान्वयन गर्न निर्देशन दिएको छ ।